करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

Jul 08, 2026 10:26 AM Merolagani



मनहरी गाउँपालिका-९, मकवानपुर खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट अवैध लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका - ३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन् ।

श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले उनीहरूलाई ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।