प्रधानमन्त्री शाहले आज संसदमा कालो चस्मा लगाएरै सांसदका प्रश्नको जवाफ दिने

Aug 26, 2026 06:29 AM Merolagani



प्रधानमन्त्री वालेन्द्र (बालेन)ले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिने छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन् । 

त्यस्तै, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।