प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

Sep 10, 2026 10:53 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १५.४३ अंक घटेर २५४५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९४ अंक घटेर २५४४.४६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६९ स्टकको ११० पटकको कारोबारमा २९ लाख ३ हजार ७७८ रुपैयाँ ४० पैसाबराबरको ७ हजार १८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।