सुनचाँदीको मूल्यमा भारी गिरावट

Sep 11, 2026 11:24 AM Merolagani



भदौ, २६ गते, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ। यसदिन सुन प्रतितोला चार हजार ८०० रुपैयाँ र चाँदी तोलामा २५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै,आजको बजारमा चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।