सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा, बुकक्लोज कहिले?

Sep 14, 2026 11:24 AM Merolagani



सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) ले लाभांश घोषणा गरेको छ।

क्यापिटलको भदौ २६ बसेको सञ्चालक समिति बैठकले सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज ८ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म कायम इकाइधनीहरुले फण्डले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।