नेपाल ल्यूब आयलको लाभांश घोषणा, साधारण सभा कहिले?

Sep 14, 2026 11:06 AM Merolagani



नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०२६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

जसमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ६.०५२६४ प्रतिशत नगद लाभांश रहेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते, सोमबार, द प्लाजा, पुल्चोक, ललितपुरमा ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सो सभाले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सुवास आचार्यलाई अख्तियारी दिन सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने,लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको पुर्नगठनलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 



पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।